२०८१ भाद्र २३

राष्ट्रसंघका महासचिव गुटेरेसद्धारा नेपालको संसद्लाई सम्बोधन

united nation

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले नेपालको संसद्को रोष्ट्रममा पहिलो पटक उभिएर संम्बोधन गरेका छन् ।

नेृपालको शान्ति प्रक्रियासहितका विषयमा संम्बोधन गरेका महासचिव गुटेरेसले विश्वका समस्याहरूको विषयमा पनि बताएका छन् । आज संसारमा अशान्ति रहेको भन्दै थुप्रै समस्या रहेको उनले औल्याए ।

“हामी आज संसारको अशान्तिको बीचमा एकअर्कालाई भेट्देछौँ । गरिबी र भोकमरीमा दशकौँको प्रगति उल्टिदैछन् । मुद्रास्फीतिले घरायसी र राष्ट्रिय बजेटलाई कमजोर बनाउँदैछ,परिवारहरू होस वा राष्ट्रहरू, आर्थिक संकटको सामना गरीरहेको महासचिव गटेरेसले संम्बोधनमा भनेका छन् ।

उनले विश्वभर महिलाहरू समस्यासँग जुधिरहेको उल्लेख गर्दै “महिलाहरूको प्रतिनिधित्व जनसंख्याको अनुपातको तुलनामा र उनीहरूले पाउने पारिश्रमिक पुरुषको तुलनामा कम छ,” त्यसलाई समान बनाउनु पर्ने महासचिव गुटेरेसले भने ।

मध्यपूर्वको द्वन्द्व नेपालबाट हजारौँ माइल टाढा हुँदा पनि इजरायलमा हमासको क्रूर आक्रमणका कारण पीडितहरूमध्ये धेरै नेपाली थिए, मृत्यु भएका १० नेपाली विद्यार्थीको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु र बेपत्ता विपीन जोशीको सकुशल आगमनका लागि कामना गर्दछु ।” महासचिव गटेरेसले संम्बोधनमा भनेका छन् ।

उनले भूराजनीतिक विवादले विश्वव्यापी विवाद खतरनाक बन्दै गएको पनि बताए । भू–राजनीतिक तनाव बढ्दै जाँदा विश्वव्यापी विभाजनहरू गहिरो र खतरनाक हुँदै गइरहेको पनि महासचिव गुटेरेसले बताए । उनले जलवायु परिवर्तनले प्रकोपको रूप धारण गरेको भन्दै त्यसको घातक प्रभावबाट जोगिनु अहिलेका लागि चुनौती बनिरहेको उल्लेख गरे ।

ब्याप्त सबै संकटहरूको प्रतिकार्य गर्न विश्वले नेपालबाट धेरै सिक्नु पर्ने महासचिव गुटेरेसले जिकिर गरे ।