प्रधानमन्त्रीबाट राजीनामा माग सहित डा. केसीद्धारा २२ औं अनसन शुरु ।
काठमाण्डौँ, डा. गोविन्द केसीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग्दै पशुपति मृगस्थलीमा आमरण अनसनमा बसेका छन् ।
डा. केसीले आफ्नो अन्तिम अल्टिमेटमको अवधिमा पनि मागहरू सम्बोधन नभएको भन्दै शनिबार ४ बजेदेखि २२ औं सत्याग्रह शुरु गरेका हुन् । ‘सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी, घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण दाहालले प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा दिनुपर्ने । निष्पक्ष रुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गरियोस् डा. केसीद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।’
सबै नेपालीलाई गुणस्तरीय साथै निःशुल्क औषधोपचारको व्यवस्था गर्न माग पनि गरेका छन् । ‘जनताको नाममा हामीसँग भएका शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार र सबैको समान पहुँचसम्बन्धी गेटामा तुरुन्त प्रतिष्ठान सञ्चालन गर्ने, गण्डकी र मधेश प्रदेश साथै इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज र प्रतिष्ठान तुरुन्त निर्माण गर्न, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्डसम्बन्धी उच्च शिक्षा ऐन र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसम्बन्धी ऐन तुरुन्त पारित गर्नलगायत सबै सम्झौता कार्यान्वयन गर्न र कार्की आयोगले दोषी ठह¥याएका व्यक्तिहरूलाई कारबाही गर्न माग गरिन्छ, विज्ञप्तिमा भनिएको छ ।’
प्रतिक्रिया दिनुहोस्