२०८१ चैत्र ३
पेट्रोल र डिजलको मूल्य घट्यो ।

काठमाण्डौँ, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले पेट्रोलमा प्रति लिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ५ रुपैयाँ घटाएको हो ।
इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर रु. ६.७५ र डिजेलको मूल्यमा प्रति लिटर रु. ५.०९ ले घटेर आएको छ । निगम सञ्चालक समितिको निर्णय अनुसार बिहीबार बिहानदेखि लागु हुने गरी साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाइएको हो ।
प्रतिक्रिया दिनुहोस्