कुनै दलको धम्कीले नेपाली काँग्रेस डराउँदैन : डा. शेखर कोइराला
काठमाण्डौँ, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुनै राजनीतिक दलको धम्कीले नेपाली काँग्रेस नडराउने बताएका छन् ।
काठमाण्डौँमा भएको एक कार्यक्रममा बोल्दै नेता कोइरालाले नेकपा एमालेलाई लक्ष्य गर्दै कुनै पनि राजनीतिक दलले नेपाली काँग्रेसलाई धम्क्याउन नसक्ने बताए । उनले राजाको धम्कीबाट काँग्रेस नडराएको सम्रण गराउँदै कुनै पनि राजनीतिक दलको धम्कीबाट नडराउने बताए।
बुधबार एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेप्रति आरोप लगाउँदा हेक्का राख्न भन्दै नेपाली काँग्रेसलक्षित चेतावनी दिएका थिए । सोही विषयलाई लिएर नेता कोइरालाले काँग्रेस कुनै पनि राजनीतिक दलको धम्कीबाट नडराउने बताएका हुन् ।
उनले सहकारी प्रकरणमा बारम्बार नाम जोडिएपछि संसदीय छानबिन समिति बन्नुपर्छ भन्दा सत्तारुढ दलहरु नमान्नुले गम्भीर प्रकृतिको विषय बनेको बताए ।
नेता कोइरालाले यही प्रणालीमा संसदीय व्यवस्थालाई नै व्यवस्थित बनाउनेबारे सोच्नुपर्ने भन्दै प्रत्यक्ष कार्यकारी प्रणालीमा जानु नहुने बताए ।
-
१
तमू सञ्चारकर्मी संघद्वारा देशसञ्चारका फोटो पत्रकार बर्षा शाह सम्मानीत ।
-
२
आज सातै प्रदेशमा वर्षाको सम्भावना, काठमाण्डौँमा साँझपख न्यून बर्षाको सम्भावना ।
-
३
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन ।
-
४
आजदेखि नेपालमा हिउँदे वर्षा सुरु हुँदै, काठमाण्डौँ र पोखरामा पनि छिटपुट वर्षाको सम्भावना ।
प्रतिक्रिया दिनुहोस्