उत्तरी गोरखाको चुम–नुब्री जाने एक मात्र सडक पूर्णरुपमा बन्द, नेपाली सेनाद्वारा पहिरो हटाउन शुरु ।
काठमाण्डौँ, बेनिघाट–आरुघाट–आरखेत–लार्के सडकखण्डको यारु नजिकै सुक्खा पहिरो खसेर अवरुद्ध भएको छ ।
आइतबार दिउँसो धार्चे गाउँपालिका–३, उहियाँस्थित यारु नजिकै पहाडबाट पहिरो खसेर सडक अवरुद्ध भएको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए ।
‘पहिरो सडक अवरुद्ध भएपछि उत्तरी गोरखाको चुम–नुब्री जाने एक मात्र सडकखण्ड पूर्णरुपमा बन्द भएको छ ।’ पहिरो तत्काल हटाउन सकिने अवस्था नरहेको स्थानीयवासी बलबहादुर गुरुङले जानकारी दिए ।
पहिरो खसेको भन्ने जानकारी आएपनि क्ष्मानविय क्षतीय भने नभएको जिल्ला प्रहरी प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
पहिरो खसेको जानकारी पाउन साथ प्रहरीको टोली घटनास्थलतर्फ पठाइसकेको र बेनिघाट–आरुघाट–आरखेत–लार्के सडकखण्ड निमार्णमा संलग्न नेपाली सेनाको टोली घटनास्थलमा पुगी पहिरो हटाउन
थालीसकेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्