२०८१ भाद्र २३

प्रहरी निरीक्षक शिवाकोटी पक्राऊ : बाल यौन दुर्व्यवहार आरोप ।

काठमाण्डौँ, नेपाल प्रहरीका बहालवाला प्रहरी निरीक्षक (इन्सपेक्टर) उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर बिदुर शिवाकोटी पक्राउ परेका छन् ।
एक जना १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार (बलात्कार प्रयास) गरेको आरोपमा शिवाकोटी प्रक्राउ परेका हुन् । उनी हाल प्रहरी वृत्त स्वयम्भूको नियन्त्रणमा छन् ।
शिवाकोटीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।