२०८१ भाद्र २३

भारतमा तीर्थयात्री बोकेको बसमा आक्रमण ः नौजनाको मृत्यु, ३३ घाइते ।

काठमाण्डौँ, भारतको जम्मू–कश्मीरको रियासीमा तीर्थयात्री बोकेको बसमा उग्रवादीले आक्रमण गर्दा नौजनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।
जम्मू क्षेत्रको रियासीमा भएको उग्रवादी आक्रमणबारे प्रतिक्रिया दिँदै राष्ट्रपति द्रौपदी मुर्मूले दुःखको यस घडीमा देश पीडित परिवारको साथ रहेको जनाएकी छन् ।
यस्तै भारतीय जनता पार्टीका नवनियुक्त मन्त्री अमित शाहले पनि घटनाको निन्दा गरेका छन् । भारतीय काँग्रेस नेता राहुल गान्धीले आक्रमणलाई कायरतापूर्ण भनेका छन् ।
बस शिवखोरीबाट कटरातर्फ जाने क्रममा आइतबार आक्रमण भएको हो । आक्रमणका कारण चालकले सन्तुलन गुमाएपछि बस खोँचमा परेको थियो । घाइतेलाई अस्पताल लगिएको जनाइएको छ । बसमा अधिकांश उत्तरप्रदेशका बासिन्दा रहेको जनाइएको छ ।