२०८१ भाद्र २३

क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या ।

काठमाण्डौँ, मोहन विक्रम रामराजा बहुमुखी क्याम्पस बाराका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या भएको छ ।
शुक्रबार साँझ अज्ञात समूहले गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
आदर्श कोतवाल गाउँपालिका–२ खजुरियाबाट सदरमुकाम कलैयातर्फ जाँदै गरेका कुशवाहामाथि वडा नं ३ स्थित भतिनिया क्षेत्रमा अज्ञात समूहले गोली प्रहार गरेको थियो । हत्यामा संलग्नको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
गोली लागेर घाइते भएका कुशवाहालाई उपचारका लागि न्यूरो अस्पताल लगिएका कुशवाहालाई अस्पतालले मृत घोषणा गरेको थियो ।