२०८१ भाद्र २३

६ किलो सुन र ४८ लाख नगद ससहित एक चिनियाँ नागरिक पक्राउ ।

काठमाण्डौँ, ६ किलो सुन र ४८ लाख नगद ससहित एक चिनियाँ नागरिकलाई काठमाण्डौँको कपनबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।
सीआईबीले आइतबार राति कपनको एक घरबाट चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । पक्राउ परेका चिनियाँ नागरिकको विवरण सीआईबीले खुलाएको छैन ।
सुनको तौल परीक्षणको काम बाँकी नै रहेको भन्दै सीआईबीले अहिलेसम्म केही पनि विवरण सार्वजनिक नगरेको हो । त्यसैगरी, सुन तस्करीमा संलग्न भएको आरोपमा भारतको दिल्लीमा २ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरुलाई नेपाल ल्याउने तयारी भइरहेको सीआईबी स्रोतले जानकारी दियो ।