२०८१ भाद्र २३

भारतीय गायिका अल्का याग्निकले श्रवणशक्ति गुमाए, दुर्लभ न्युरोसम्बन्धी समस्य ।

काठमाण्डौँ, भारतीय गायिका अल्का याग्निकलाई दुर्लभ न्युरोसम्बन्धी समस्या भएको छ । सोमबार ५८ वर्षीया अल्काले इन्स्टाग्राममार्फत भाइरल आक्रमणबाट हुने दुर्लभ न्युरो समस्याबाट आफूले श्रवणशक्ति गुमाएको जानकारी दिएकी छन् ।
यसैकारण आफू लामो समयदेखि निष्क्रिय रहेको उनले बताएकी छन् । साथै उनले आफ्ना फ्यानहरूलाई चर्को आवाज गीत नसुन्न र हेडफोनको कम प्रयोग गर्न सुझाव दिएकी छिन् ।
उनले केही हप्ता अगाडि हवाई यात्रा गरेर झरेपछि आफूले श्रवण शक्ति गुमाएको थाहा पाएको बताएकी छन् । चिकित्सकले आफ्नो उपचार गरिरहेकाले उनले आफ्ना लागि प्रार्थना गरिदिन आग्रह पनि गरेकी छन् ।
अल्का बलिउडकी चर्चित पार्श्व गायिका हुन् । २५ भन्दा बढी भाषामा २१ हजारभन्दा बढी गीत रेकर्ड गरिसकेकी अल्काले दुई राष्ट्रिय अवार्ड र सात फिल्मफेयर अवार्ड जितिसकेकी छन् ।
सन् १९८० मा रिलिज भएको फिल्म ‘पायल की झंकार’बाट अल्काले पार्श्व गायिकाको रूपमा डेब्यू गरेकी थिइन् ।