२०८१ भाद्र २३

अर्जेन्टिनाको विजयी सुरुआत : कोपा अमेरिका

काठमाण्डौँ, क्यानडाविरुद्ध २–० को जित निकाल्दै साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिका–२०२४ मा विजयी सुरुआत गरेको छ ।
शुक्रबार मर्सिडिज बेन्ज रंगशालामा भएको यसबर्षको पहिलो खेलमा अर्जेन्टिनालाई जित दिलाउन हुलियन आल्भारेज र लौटारो मार्टिनेजले गोल गरे ।
अर्जेन्टिनाले दुवै गोल दोस्रो हाफमा गरेको हो । खेलको ४९औँ मिनेटमा आल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । खेलको ८८अ ौँ मिनेटमा मार्टिनेजले गोल गर्दै
जितसँगै तीन अंकसहित अर्जेन्टिना समूह ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ । पराजित क्यानडा तालिकाको पुछारमा छ । यो समूहमा अर्जेन्टिना र क्यानडासँगै पेरु र चिली छन् ।
यो संस्करणमा कुल १६ टिमको सहभागिता छ । सबै टिमलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट शीर्ष दुई टिम क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।