२०८१ भाद्र २३

पर्सा राष्ट्रिय निकुञ्जमा शिकारी र निकुञ्ज सुरक्षाकर्मीबिच झड्प, एक शिकारीको मृत्य ।

बारा, पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र वन्यजन्तु शिकारी र निकुञ्ज सुरक्षाकर्मीबिच भएको दोहोरो झडपमा एक जना शिकारीको मृत्यु भएको निकुञ्जले जनाएको छ ।
शुक्रबार बिहान करिव ८ः१५ मा निकुञ्ज कर्मचारी, नेपाली सेना सहितको टोली गस्तीको क्रममा वन्यजन्तु शिकारीसँग जम्काभेट हुदाँ दोहोरो झडप भएको पर्सा राष्ट्रिय निकुन्जले जनाएको छ ।
झडपमा वन्यजन्तु शिकार गर्न आएका हेटौँडा उपमहानगर वडा नं १४ का ५२ वर्षीय सुकबहादुर तिक्तुङ्गको ज्यान गएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
दोहोरो झडपको क्रममा हतियारसहित ५ जनाको समुहमा आएका शिकारीहरु मध्ये अन्य ४ जना भाग्न सफल भएको इप्रका सिमराका प्रमुख चिरन्जिवी दहालले जानकारी दिए ।
शिकारीहरु भाग्ने क्रममा उनीहरुको साथबाट २ थान भरुवा बन्दुक, त्यसमा प्रयोग हुने ५७ राउन्ड गोली, ३ सय ग्राम बारुद, २ वटा मोबाइल, हसियाँ, खुकुरी, लाइटर लगायतका साम्रगी बरामत गरिएको निकुञ्जले जनाएको छ ।