२०८१ भाद्र २३

मुख्यसचिवको जिम्मेवारी वरिष्ठ सचिव लीलादेवी गडतौलालाई ।

काठमाण्डौँ, मुख्य सचिव डा.बैकुण्ठ अर्याल निलम्बनमा परे पछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका वरिष्ठ सचिव लीलादेवी गडतौलाले मुख्य सचिवको जिम्मेवारी पाएकी छन् ।
सार्वजनिक पद धारण गरेको व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भए स्वतः निलम्बन हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको व्यवस्था अनुसार उनी निलम्बनमा परेका हुन् ।
सचिव गड्तौला साढे ३ वष अघि २०७७ कात्तिक गते नेपाल न्याय सेवाको कानून समूहतर्फ सहसचिवबाट सचिवमा बढुवा भएकी थिईन । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कानून तथा मानव अधिकार क्षेत्र हेर्दै आएकी छन् । ५८ वर्षे उमेरहदका कारण गड्तौलाले आगामी भदौ महिनामा अनिवार्य अवकाश पाउनेछिन् ।
सरकारले तत्काल मुख्यसचिव नियुक्ति गर्न चाहेको अवस्थामा मुख्य सचिव अर्यालको पद सारेर हाल कार्यरत वरिष्ठ सचिवमध्येबाट उपयुक्त लागेका एक सचिवलाई मुख्य सचिव नियुक्ति प्रक्रिया अघि बढाउन सक्नेछ भने केही दिन लाग्ने भएको अवस्थामा निमित्त मुख्य सचिव गडतौलालाई नै कायम राख्न सक्नेछ ।