२०८१ भाद्र २३

कोलम्बियाको विजयी सुरुवात, कोलम्बियाद्वारा पाराग्वे २–१ गेलले पराजित ।

 

काठमाण्डौं, अमेरिकामा जारी कोपा अमेरिका २०२४ मा कोलम्बियाले विजयी सुरुवात गरेको छ ।
समूह बी अन्तर्गत मंगलबार टेक्ससस्थित एनआरजी स्टेडियममा भएको खेलमा कोलम्बियाले पाराग्वेलाई २–१ ले पराजित गरेको छ । कोलम्बियाका लागि डानिएल मुनजोले खेलको ३२ औं र जेफरसन लेर्माले ४२ औं मिनेटमा गोल गर्दै पहिलो हाफमै २–० को अग्रता दिलाएका थिए ।
पाराग्वेका लागि जुलियो एनसिसोले ६९ औं मिनेटमा एक गोल फर्काए पनि हार टार्न पर्याप्त भएन ।
जितपछि कोलम्बियाले समूह डी मा ३ अंक जोडेको छ भने पाराग्वेल हारबाट प्रतियोगिता सुरु गरेको छ । यसै समूहको अर्को खेलमा आजै ब्राजिल र कोस्टारिका बीच प्रतिस्पर्धा हुनेछ ।