२०८१ भाद्र २३

रोमानिया समूह विजेता, बेल्जियम उपविजेता : युरो २०२४

काठमाण्डौँ, जर्मनीमा जारी युरो २०२४ अन्तर्गत बुधबार राति भएको समूह ई को दुवै खेल बराबरीमा सकिएको छ ।
स्टुटगार्डमा बेल्जियम र युक्रेनले गोलरहित बराबरी खेल्दै अंक बाँड्दा फ्रांकफर्टमा रोमानिया र स्लोभाकियाले पनि १–१ को बराबरी खेले ।
ओन्ड्रेज डुडाले २४औं मिनेटमा गोल गर्दै स्लोभाकियालाई अग्रता दिलाएपनि रोमानियाका राजभान मारिनले ३७औं मिनेटमा पेनाल्टीबाट बराबरी गोल गरेका थिए ।
बराबरीपछि चारै टोलीको समान ४ अंक हुँदा समीकरण रोमाञ्चक बनेको थियो ।
तर, गोल अन्तरका आधारमा रोमानिया समूह ई को विजेता बन्दै नकआउट चरणमा पुग्दा बेल्जियम समूह उपविजेता बन्यो ।
यस्त,ै तेस्रो स्थानमा रहेको स्लोभाकिया पनि तेस्रो हुने ६ टोलीमध्ये उत्कृष्ट चारमा पर्दै अन्तिम १६ मा पुग्न सफल भयो । चौथो स्थानमा रहेको युक्रेन भने अभागी बन्दै समूह चरणबाटै बाहिरियो ।