२०८१ भाद्र २३

आज र भोली दुई दिन नागढुंगा–नौबिसे सडक बेलुका १० देखि ३ बजेसम्म बन्द हुने ।

काठमाण्डौँ, नागढुंगा–नौबिसे सडक खण्ड (त्रिभुवन राजपथ) आज र भोली दुई दिन बेलुका १० देखि ३ बजेसम्म बन्द हुने भएको छ ।
राजमार्ग अन्तर्गत नौबिसे खोलको पुलको गर्डर लन्च गर्ने कार्य हुने भएकोले आज र भोली (बिहीबार र शुक्रबार) तोकिएको समयमा एम्बुलेन्स र सुरक्षा निकायका सवारीबाहेर अन्य साधन पूर्णरुपमा रोकिने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नाबय उपरीक्षक एवम् सूचना अधिकारी मकेन्द्र कुमार मिश्रले जानकारी दिएका छन् ।