२०८१ भाद्र २३

इङ्ल्यान्ड र नेदरल्याण्ड्स युरोकप २०२४ को सेमिफाइनल प्रवेश ।

काठमाडौं– इङ्ल्यान्डको युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । डसेलडोर्फमा भएको तेस्रो क्वाटरफाइनल खेलमा स्विट्जरल्यान्डलाई टाईब्रेकरमा ५–४ ले हराउँदै इङ्ल्यान्डको सेमिफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेट र अतिरिक्त समय पनि १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शूटआउटले निर्धारण भएको थियो । खेलको ८० औं मिनेटमा इङ्ल्यान्डले बराबरी गोल ग¥यो । इङ्ल्यान्डले अब सेमिफाइनलमा नेदरल्याण्ड्ससँग भिड्ने छ ।


यस्तै, बर्लिनमा गएराती भएको अन्तिम क्वाटरफाइनल खेलमा नेदरल्याण्ड्सले टर्कीलाई २–१ को गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
टर्कीले खेलको ३५औं मिनेटमा खेलमा अग्रता लिएको थियो । आर्डा गुलेरको क्रसमा अकायदिनले हेडमार्फत गोल गर्दै टर्कीलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको ७०औं मिनेटमा मेम्फिस डिपाएको क्रसमा हेडमार्फत गोल गर्दै स्टेफान डेभ्रिजले खेल बराबरीमा ल्याए ।
खेलको ७६ औं मिनेटमा फेरी अर्को गोल गर्दै नेदरल्याण्ड्सले अग्रता लियो । डेन्जेल डमफ्रिजको क्रसमा मर्ट मल्डुरले आत्मघाती गोल गरेपछि नेदरल्याण्ड्सले अग्रता लिन सफल भयो । सोही गोल नै जितका लागि पर्याप्त गयो ।
नेदरल्याण्ड्सले अब सेमिफाइनलमा इङ्ल्यान्डको सामना गर्नेछ । इङ्ल्यान्डले शनिबार राती स्विट्जरल्यान्डलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको छ ।