२०८१ भाद्र २३

ताल गाउँ जोगाउन लगाइएको पर्खाल भत्कियो, ताल गाउँ बाढीको जोखिममा ।

धरापानी, अविरल वर्षापछि आएको बाढीले मनाङको नासों गाउँपालिका–१ तालगाउँलाई जोगाउन लगाइएको मेसिनरी पर्खाल भत्किएको छ ।


मस्र्याङ्दी किनारमा रहेको ताल गाउँमा २०७८ जेठ १४, २९ र असार १ मा आएको बाढीले ठूलो क्षति पु¥याएको थियो । बाढीले तालगाउँ डुबानमा परेपछि बस्तीको सुरक्षाका लागि ८० मिटर लामो मेसिनरी पर्खाल लगाइएको थियो । तर, उक्त पर्खाल लगाएको तीन वर्षपछि आज बिहान ७ बजे खोलाले १० मिटर जति बगाएको स्थानीय ललिता गुरुङले बताए । अरु ३०÷३५ मिटर भन्दा बढी पर्खाल चर्किकीसकेको र ढल्नेक्रममा रहेको बताए ।


मनाङका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले उक्त क्षेत्रमा मस्र्याङ्दी नदीको बाढीको वेग सिधा पर्ने र प्रत्यक्ष प्रभाव पार्ने गर्दछ । गाउँको माथिल्लो क्षेत्र तथा गाउँमा बाढी पस्ने ठाउँमा लगाइएको पर्खाल भत्किएको जानकारी दिए ।


प्रजिअ लामिछानेका अनुसार नदीको बहाव बढेमा पर्खालमा अझ बढी क्षति पुग्नसक्ने जोखिम रहेको पनि बताए । अहिलेको जोखिमलाई रोक्ने र बस्तीलाई सुरक्षित बनाउन स्थानीय तथा प्रहरीको सहयोगमा पर्खाल मर्मतको काम भइरहेको प्रजिअ लामिछानेले बताए । मनसुनको सुरुआतमा नै क्षति व्यहोरेको मनाङमा वर्षा बढी भएमा अझै जोखिम बढ्नसक्ने उनको भनाइ छ ।