२०८१ भाद्र २३

काठमाण्डौँमा बिहानैदेखि वर्षा, कोसी र मधेस प्रदेशमा अत्याधिक वर्षाको सम्भावना ।

काठमाण्डौँ, काठमाण्डौँ उपत्यका लगायत देशका विभिन्न भू–भागमा बिहानैबाट वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहने जनाएको महाशाखाले जनाएको छ । कोसी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी, मधेस र गण्डकी प्रदेशका थोरै स्थानमा तथा वाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी र मधेस प्रदेशका एकदुई स्थानमा अत्याधिक वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
े राति देशभर साधारणतया बदली रहने बताएको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी, मधेस, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । भारी र अत्याधिक वर्षाको सम्भावना रहेकाले गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्क रहन जल तथा मौसम विज्ञान विभागको आग्रह छ । दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन पनि विभागले सचेत गराएको छ ।