२०८१ भाद्र २३

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक बस्दै ।

काठमाण्डौँ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय गर्न आज संसदीय दलको बैठक आह्वान गरेको छ ।
पार्टीको संसदीय दलको कार्यालयमा बस्ने बैठकले संसदीय दलका नेताहरुसँग छलफल गरी प्राप्त सुझावका आधारमा पक्ष वा विपक्षमा निर्णय लिने राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।
सरकारमा रहेका नेकपा (एमाले) लगायतका केही दलहरू सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले भोली (असार २८ गते) विश्वासको मत लिने भएका ,छन् ।
मुलुकलाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने, सघीयता खारेजीलगायत माग राख्दै आएको राप्रपाको प्रतिनिधिसभामा १४ सिट छ ।