२०८१ भाद्र २३

समस्या समाधानको खाका पेश गर्न स्वास्थ्यमन्त्री पौडेलको निर्देशन ।

काठमाडौँ, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मन्त्रालयको समस्या समाधानका लागि स्पष्ट खाका बनाएर पेश गर्न निर्देशन दिनु भएको छ ।
मन्त्री नियुक्त भएपछि पहिलोपटक मन्त्रालयका सचिवसहित विभिन्न महाशाखाका प्रमुखहरुसँगको ब्रिफिङ्सहितको भेटमा मन्त्री पौडेलले समस्या देखाउने भन्दा पनि समस्याको समाधानका लागि पाँच दिनभित्र स्पष्ट योजनासहितको खाका पेश गर्न निर्देशन दिउका छन् ।
सबै महाशाखाबाट समस्याका कुराहरु आए, समाधान आएन, स्पष्ट ढङ्गबाट कार्य क्षेत्रमा देखिएको समस्याको समाधान कसरी गर्ने त्यतातर्फ लागौं, त्यसका लागि पाँच दिनभित्र लिखितरुपमा समाधानका बिकल्प लिएर आउनुहोला, मिलेर समस्याको समाधान गरौँँ, मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले भने ।
उनले स्वास्थ्य मन्त्रालय स्वास्थ्य नीतिको स्पष्ट कार्यान्वयन गर्ने निकाय भएकाले प्रभावकारिता देखिन नसकिनुको कारण खोज्नै पर्नेमा जोड दिए ।
स्वास्थ्य नीतिको स्पष्ट कार्यान्वयन गर्ने निकाय हामी नै हो, मन्त्रालयको संयन्त्रभित्र सबै कुरा परेको देखिन्छ, बजेट अभाव, प्राथमिकताका कारणले समस्या परेको रहेछ, प्रभावकारिता देखिन नसकेको नीतिगत कमजोरी के हो भनेर पनि खोज्नु पर्ने यनको भनाइ छ ।
पौडेलले जनतामा कसरी नतिजा दिन सकिन्छ भनेर लिखित योजना बनाउन निर्देशन दिँदै ‘‘हामीले नतिजा कसरी दिन सक्छौं, त्यता केन्द्रित हुनुपर्छ, राज्यको लगानी जति हो, त्यति प्रतिफल हामिले प्राप्त गर्न सकेका छैनौं, आफूले गरेको कामबाट प्रभावकारिता कसरी बढाउने भन्नेमा हामी सबै लागौं ।’’
ग्रामीण जनताको स्वास्थ्य सेवामा पहुँच छ भन्ने देखिने गरेर काम गर्न पनि मन्त्रालयका विभागीय प्रमुखहरुलाई मन्त्री पौडेलले जोड दिए ।