२०८१ भाद्र २३

पछिल्लो २४ घण्टामा १६ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध, १६३ राजमार्ग प्रभावित ।

काठमाण्डौँ, मनसुनजन्य विपद्का कारण पछिल्लोे २४ घण्टामा एक सय ६३ राष्ट्रिय राजमार्गमा प्रभाव परेको सडक विभागले जनाएको छ ।
सडक विभागको तथ्यांक अनुसार बाढी पहिरोका कारण मुलुकभर १६ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् भने १४७ राष्ट्रिय राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका छन् । यस्तै, राष्ट्रिय राजमार्गमा पर्ने छवटा पक्की पुलमा अवरोध भई आवतजावतमा बाधा पुगेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाकानुसार आज कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आगामी शुक्रबारसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै माहाशाखाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।