२०८१ भाद्र २३

आज प्रधानमन्त्री ओलीले विश्वासको मत लिने ।

काठमाण्डौँ, आज प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दै छ ।
दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । प्रधानमन्त्री ओली नेपाली काँग्रेसको समर्थनमा ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए ।
२७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न कम्तिमा १३८ मत चाहिन्छ । ओलीको पक्षमा नेपाली काँग्रेस (८८), एमाले (७९), जसपा (७) र लोसपा (४) सरकारमा सहभागी छन् भने जनमत, नागरिक उन्मुक्ति पार्टी लगायतका दलले पनि समर्थन गर्ने बताएका छन् ।
उनको विपक्षमा माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा र राप्रपालगायत दल छन् ।