२०८१ भाद्र २३

एसिसी महिला एसिया कपमा आज नेपाल र पाकिस्तान भिड्दै ।

काठमाण्डौँ, एसिसी महिला एसिया कपमा नेपाल र पाकिस्तान भिड्दैछन् ।
रंगिरि डम्बुला अन्तर्राष्ट्रिय रंगशालाममा हुने खेल नेपाली समयअनुसार बेलुका ७ः१५ बजेबाट सुरु हुनेछ ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको थियो । पाकिस्तान भने पहिलो खेलमा भारतसँग ३५ बल बाँकी रहँदा ७ विकेटले पराजित गरेको थियो ।
नेपाल लगातर जितसहित सेमिफाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्र्ने छ । यस्तै, पाकिस्तान भने पहिलो जितको खोजिमा हुनेछन् । सन् २०१६ मा भएको एसिया कपमा यी दुई टोलीको भेट भएको थियो ।
उक्त भेटमा पाकिस्तानले नेपाललाई ९ विकेटले पराजित गरेको थियो।