२०८१ भाद्र २३

बंगलादेशबाट सोमबारसम्म १३ सय नेपाली विद्यार्थी स्वदेश फर्किए ।

काठमाण्डौँ, बंगलादेशबाट सोमबारसम्म १३ सय नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार सोमबार मात्र १२६ जना विद्यार्थी स्वदेश फर्किएका छन् । त्यसमध्ये ११४ जना विद्यार्थीहरु बंगलादेशबाट, भारत हुँदै काँकडभिट्टा नाकाबाट नेपाल फर्किएका छन् ।
बंगलादेशमा केही दिनयता आरक्षण कोटाविरुद्धको आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम जारी छ । सो आन्दोलनका क्रममा १ सय जनाभन्दा बढीको ज्यान गएको छ ।