२०८१ माघ २३
आज नेपाल समुह चरणको अन्तिम खेल खोल्दै, सेमिफाइनल पुग्न जित्नैपर्ने दबाब
काठमाण्डौँ, एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ ।
श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजेबाट सुरु हुनेछ ।
पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो । सेमिफाइनलमा पुग्नका लागि नेपाललाई आज भारतलाई जित्नुपर्ने हुन्छ ।
समूह ‘ए’ मा नेपाल र पाकिस्तानको समान २–२ अंक छ । भारतले २ खेल जितिसकेको छ । यूएई २ खेलमा पराजित भएको छ ।
प्रतिक्रिया दिनुहोस्