२०८१ भाद्र २३

बाइडेन र ट्रम्प अमेरिकी राष्ट्रपतीय दौडबाट बाहिरएः कमला ह्यारिस नयाँ उम्मेदवार

काठमाण्डौँ, अमेरिकी राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो उम्मेदवारी त्यागको घोषणा गरेका छन् ।
बाइडनकै पार्टी डेमोक्र्याटिकबाटै विगत केही सातादेखि बाइडनलाई राष्ट्रपति दौडबाट पछि हट्न व्यापक दवाब आएपछि बाइडनले उम्मेद्वारी त्यागको घोषणा गरेका हुन । त्यसैगरी पूर्व राष्ट्रपती डोनाल्ड ट्रम्प पनि राष्ट्रपतीय निर्वाचनको दौडबाट बाहिरीन्दै कमला ह्यारिसलाई सधाउने जनाएका छन् ।
बाइडनले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिका रुपमा समर्थन समेत गर्नुभएको छ । निर्वाचनको झण्डै चार महिना अघि बाइडनले राष्ट्रपतिको दौडबाट पछि हट्नु भएको हो ।
रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पसँगको पहिलो चुनावी वहसमा राम्रो प्रदर्शन गर्न नसकेको र उमेरका कारण बाइडनले दोस्रो कार्यकाल काम सक्षम नभएको भन्दै व्यापक आलोचना हुँदै आएको थियो ।
सन् २०२४ को राष्ट्रपति दौडबाट पछि हटे पनि यो कार्यकालको बाँकी अवधि भने कुशलतापूर्वक काम गर्ने बाइडनको भनाइ छ ।
आफ्नो उम्मेद्वारी फिर्ता लिएर बाँकी कार्यकालमा केन्द्रित हुन आफू आफ्नै पार्टी र देशको हितमा भएको बाइडनको भनाइ छ । नयाँ राष्ट्रपतिका रुपमा कमला ह्यारिसलाई आफ्नो पूर्ण समर्थन रहेको बाइडनले घोषणामा उल्लेख छ ।