२०८१ भाद्र २३

बागमतीमा पहिलो पटक काँग्रेसले नेतृत्व गर्दै, मुख्यमन्त्रीमा लामाले आज दाबी पेश गर्ने

मकवानपुर, देश संघीय लोकतान्त्री गणतन्त्रमा रुपान्तरण भएपछि बागमती प्रदेशमा नेपाली काँग्रेसले पहिलो पटक नेतृत्व समाल्हान लागेको छ ।
आज नेपाली काँग्रेस बागमती प्रदेशका संसदीय दलका नेता बहादुर सिहं लामाले बागमती प्रदेशको मुख्यमन्त्रीका लागि आज दाबी पेश गर्ने कार्यक्र रहेको नेपाली काँग्रेसको संसदीय दल, बागमती प्रदेशले जनाएको छ ।
नेकपा एमालेका २७ सांसद र नेपाली काँग्रेसका ३७ सांसदको हस्ताक्षर सहित नेता लामाले प्रदेशको पाँचौं मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख समक्ष दाबी पेश गर्ने भएका छन् । १ सय १० प्रदेश सभा सदस्य रहेको बागमतीमा मुख्यमन्त्रीका लागि बहुमत जुटाउन ५६ मत आवश्यक पर्छ । जुन सहज रुपमा पुग्छ ।
बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले साउन ८ गते साँझ ५ बजेभित्र संविधानको धारा १६८ को २ अनुसार सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए । मुख्यमन्त्रीको दाबी पेशका लागि आज (मंगलबार) बिहान ११ बजे प्रदेश प्रमुखकहाँ जाने नयाँ सत्ता समिकरणका दुई दलको तयारी छ ।
नेकपा एमालेको समर्थनमा नेपाली काँग्रेस संसदीय दलका नेता बहादुर सिहं लामा बागमती प्रदेशको पाँचौं मुख्यमन्त्री बन्न लागेका हुन । यसभन्दा अघि नेकपा एमालेले २ पटक, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एक–एक पटक प्रदेशको नेतृत्व गरेका छन् ।