२०८१ भाद्र २३

बागमतीको मुख्यमन्त्रीमा लामा नियुक्त, भेली मन्त्री मण्डलले पूर्णता पाउने ।

हेटौंडा, बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता बहादुरसिं लामा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२) अनुसार आज (मंगलबार) लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
लामाले आज नेपाली काँग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । प्रदेश प्रमुख शर्माले आज मंगलबार ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आइतबार आह्वान गरेका थिए ।
लामा बागमती प्रदेशको पाँचौं र नेपाली काँग्रेसको पहिलो मुख्यमन्त्री हुन् । उनको भोलि बुधवार ११ बजे प्रदेश प्रमुख कार्यालयमा शपथ हुनेछ । लामाले भोलि नै काँग्रेसका ६ र एमालेका ६ मन्त्रीसहित १३ सदस्यीय मन्त्रीपरिषदलाई एकै पटक पूर्णता दिने तयारी गरेको काँग्रेसका प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिए ।