२०८१ भाद्र २३

आजदेखि सिद्धार्थ राजमार्ग रातिको समयमा बन्द हुने ।

काठमाण्डौँ, सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डको हिउँदे खोला नजिक सडक भासिएपछि आजदेखि रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ ।
पानी पर्नासाथ सडक भासिन थालेपछि आज बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म दैनिक ११ घण्टा सवारी आवागमनमा रोक लगाइएको हो ।
जिल्ला प्रशासन कार्यलय पाल्पाले सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि रात्रीकालीन सवारी संचालनमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताए ।
गत आइतबार बेलुकादेखि सडक भासिन थालेपछि सवारी आवगमनमा हुँदै आएको छ । सो क्षेत्रमा झन्डै ५० मिटर बाटो र बाटो मुनी दुई मिटर बढी सडक भासिएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिए ।
कमजोर भूगोलका कारण बाटोमुनीको भागबाट दैनिक रुपमा सडक भासिने क्रम रहेको हुँदा एकतफी रुपमा सवारी संचालन गर्नसमेत समस्या भएको उनले बताए ।
सडक भासिएर राजमार्ग पूर्ण रुपमा सञ्चालन हुन नसक्दा पाल्पा बुटवलसंगै सुनौली, पोखरा र गुल्मी, अर्घाखाँची, बाग्लुङसम्मको यात्रा गर्ने यात्रुले सास्ती खेप्नुपर्ने बाध्यतो छ ।