२०८१ पुष १२
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा छलफल गर्न संयन्त्रको बैठक बस्दै ।
काठमाण्डौँ, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक उपर छलफलका लागि कार्यदलको बैठक केही बेरमा बस्दै छ ।
आज (सोमबार) बिहान ८ बजे सिंहदरबारस्थित् गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा बैठक बस्न लागेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि सहमति जुटाउनका लागि बैठक बस्न लागेको हो ।
यसअघि गत शुक्रबार पनि बैठक बसेको थियो । संयन्त्रमा नेपाली काँग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्