सांसद टेकबहादुर गुरुङ नेतृत्वको प्रतिनिधि मण्डल, गृहमन्त्री लेखक र उर्जामन्त्री खड्काबिच भेटवार्ता ।
काठमाण्डौँ, पूर्वश्रम तथा रोजगार राज्यमन्त्री तथा सांसद टेकबहादुर गुरुङ नेतृत्वको मनाङका प्रतिनिधि मण्डलले गृहमन्त्री रमेश लेखक र उर्जा तथा जलश्रोत मन्त्री दिपक खड्कालाई भेटी मनाङको वर्तमान वस्तुस्थिती,जनताका समस्याका साथै चामे–बेसी शहर सडकका समस्याहरुको दिर्घकालीन उपायका सम्बन्धमा गृहमन्त्री लेखकको ध्यान आर्कष गराएको छ ।
गृहमन्त्री लेखकको कार्यकक्ष सिंहदरमा पुगेको पूर्व राज्यमन्त्री एवं सांसद टेकबहादुर गुरुङ नेतृत्वको प्रतिनिधि मण्डलले गृहमन्त्री रमेश लेखकलाई नासों गाउँपालिका वडा नं–१ ताल गाउँको बाचाउका लागी भइरहेका कार्यको जानकारी गराउँदै हाल भइरहेको कार्य आपतकालीन समाधान भएकाले र्दिघकाली समाधान उपायहरु अविलम्ब अवलम्बन गरी ताल गाउँलाई जोएर त्यहाँ हुनसक्ने प्राकृतिक विपदीका घटनाहरु हुन नदिन र मानवीय र भौतीक क्षती हुन नदिन सरकारले ध्यान दिनुपर्ने भन्दै गृहमन्त्री लेखकको ध्यान आर्कषण गराएको थियो ।
त्यसैगरी, स्र्याकु खोला, तिमाङ झरनामा रहेको पूलहरु बाढीका कारण बगाएको हुनाले मनाङ जिल्ला सडक सञ्जालसंग विछेद भएको, यातायातका साधनहरु बन्द भएपछि बजार भाउ आकाशिएको, खाद्यसंकट उत्पन्न हुने भएकाले तिमाङ झरनामा दिर्घकालिन उपायहरु अपनाउनु पर्ने भन्दै गृहमन्त्री लेखकको ध्यानआर्कषण सहित लिखत निवेदन पेश गरेका छन् ।
सांसद् गुरुङ नेतृत्वको प्रतिनिधि मण्डलले आजै उर्जा, जलश्रोत तथा सिचाईमन्त्री दिपक खड्कालाई उहाँको कार्यकक्ष सिंहदरबारमा भेट गरी मनाङ जिल्लाको नासों गाउँपालिका वडा नं–१ ताल संरक्षणका लागि हाल भइरहेका कार्यहरु आपतकाली मात्र भएको भन्दै दिर्घकाली उपाहरु अवलम्बनका लागि ध्यानकर्षण सहित लिखित मागपत्र दर्ता गराएका छन् ।
साथै बेशिसहर चामे सडकखण्ड अन्तर्गत मनाङ जिल्ला चामे गाउँपालिका वडा नं १ तिमाङ स्थित २ वटा मोटरेवल पुल बाढीले बागाएको कारण सवरी साधानहरु आवत जावत नै ठप्प हुनुका साथै जिल्लावासीलाई खाधान्न संकट आईपर्ने भएकाले तिमाङको छहरामा तत्कालै १८ मिटर लम्बाईको बेलिब्रिजको निर्माण गरि मनाङवासी जनताको आवत जावत सहज गराईदिन लिखित माग पत्र दर्ता गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्