२०८१ माघ २

बंगलादेशको विद्यार्थी आन्दोलन धार्मीक र साम्रादायीक हिंसा उन्मुख ।

काठमाण्डौँ, बंगलादेशमा जारी विद्यार्थी आन्दोलन धार्मीक र साम्रादायीक हिंसा उन्मुख रहेको खबरहरु सार्वजनीक भएका छन् ।
प्रधानमन्त्री शेख हसिनाले गएको सोमबार राजीनामा दिएर देश छोडे पछि सेनाले नयाँ सरकार प्रमुखको रुपमा मोहम्मद युनुस नियुक्त गरेको भए पनि अझै पनि त्यहाँ कानुनको पालना राम्रो सँग हुन नसकिरहेको बताइएको छ ।
बंगलदेशमा करिब ९० प्रतिशत जनसंख्या मुश्लिमको छ । सानो संख्यामा रहेका हिन्दु धर्मावलम्बीहरु अझै त्यहाँ त्रसित अवस्थामा भएको समाचारहरु सार्वजनीक भएका छन् ।


बंगलदेशका हिन्दु नागरिक अभिरुप सरकारले बीबीसीसँगको कुराकानीमा ढाकाबाट करिब १०० किमी उत्तरमा रहेको नेट्रोकोनाबाट आफ्नी एक महिला आफन्तले फोन गरेर एउट भीडले घरमा आक्रमण गरेको भन्दै डराएको स्वरमा फोन गरेको बताएका छन् ।
ती महिलाले भीडले लाठी बोकेर उनको घरमा तोडफोड गरेका थिए । उनीहरुले फर्निचर, टिभी, बाथरुम फिटिङ र ढोकामा तोडफोड गरेका थिए । उनीहरु त्यहाँबाट जानुअघि घरमा भएको नगद र गहनाहरु समेत लुटेर लगेका थिए । त्यहाँबाट जानुअघि सो भीडले तिमीहरुले हसिनालाई सघाइरहेको भन्दै तिमीहरुले पनि देश छोड्नुपर्ने बताएको थियो ।
हसिनाले बंगलादेश छोडेपछि थुप्रै हिन्दु मन्दिरमा पनि आक्रमण भएको जानकारी आएको बीबीसीले जनाएको छ ।
यद्यपि युवा मुश्लिम समुदायका थुप्रै व्यक्तिले पनि हिन्दु मन्दिर तोडफोड गर्न नहुने भन्दै तोडफोड रोकिरहेको पनि पाइएको छ । “जब अवामी लिग यहाँ शक्तिमा हुँदैन त्यतिबेला हिन्दुमाथि आक्रमण हुने गरेको छ,” एक स्थानीय सरकारको प्रतिक्रिया छ ।