मतदाता नामावलीमा नाम दर्ता गर्न निर्वाचन आयोगको आह्वान ।
काठमाण्डौँ, स्थानीय तहका रिक्त स्थानमा उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ ।
निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै नामावलीमा नाम नभएकालाई दर्ता गर्न आग्रह गरेको छ ।
विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका उपनिर्वाचन गर्नुपर्ने स्थानीय तहभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी हाल ३४ पद रिक्त छ । रिक्त पदहरूको पदावधि एक वर्षभन्दा बढी समय बाँकी रहँदा आयोगको परामर्शमा सरकारले मिति तोकी उपनिर्वाचनद्वारा पदपूर्ति गरिने व्यवस्था छ ।
निर्वाचनको मिति तोकिएपछि मतदाता नामावलीमा नाम दर्ता कार्य स्थगन गरिन्छ । आयोगले उपनिर्वाचन हुने स्थानका मतदातालाई त्यसअघि नै नाम दर्ता गर्न आह्वान गरको हो ।
-
१
तमू सञ्चारकर्मी संघद्वारा देशसञ्चारका फोटो पत्रकार बर्षा शाह सम्मानीत ।
-
२
आज सातै प्रदेशमा वर्षाको सम्भावना, काठमाण्डौँमा साँझपख न्यून बर्षाको सम्भावना ।
-
३
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन ।
-
४
आजदेखि नेपालमा हिउँदे वर्षा सुरु हुँदै, काठमाण्डौँ र पोखरामा पनि छिटपुट वर्षाको सम्भावना ।
प्रतिक्रिया दिनुहोस्