२०८१ पुष ७

थाइल्याण्डको प्रधानमन्त्रीमा सिनावात्रा निर्वाचित ।

काठमाण्डौँ, थाइल्याण्डको संसद्ले ३७ वर्षीया पाएटोङ्टार्न सिनावात्रालाई शुक्रबार प्रधानमन्त्रीमा निर्वाचित गरेको छ ।
गठबन्धनमा रहेका १० दलमध्ये कसैले पनि विकल्प अघि नसारेपछि फेउ थाई पार्टीले पाएटोङ्टानलाई आफ्नो प्रतिस्थापन उम्मेदवारको रूपमा चयन गरेको थियो ।
फेउ थाइ पार्टीले थाइल्याण्डको राजनीतिमा प्रभावशाली परिवार मानिने सिनावात्रा वंशका तेस्रो सदस्य पेटोङ्टार्नलाई प्रधानमन्त्री बनाउने निर्णय गरी संसदीय प्रक्रियामार्फत अनुमोदनका लागि शुक्रबार नै संसदमा प्रस्तुत गरेको थियो ।
पाएटोङ्टार्नका बुबा थाक्सिन सिनावात्रा र फुपू यङलिङ सिनावात्राले यस पहिले नै प्रधानमन्त्रीको रूपमा देशको सेवा गरिसकेका छन् । थाइल्याण्डको संवैधानिक राजतन्त्रको इतिहासमा उनी सबैभन्दा कान्छी नेता हुनु ।
राज्यको संवैधानिक अदालतले निवर्तमान प्रधानमन्त्री श्रेता थाभिसिनलाई फौजदारी अभियोगमा दोषी ठहर गर्दै पदमुक्त गरिएको थियो । पेटोङ्टार्न थाइल्याण्डको दोस्रो महिला प्रधानमन्त्री बनेका छन् ।