२०८१ पुष ६

आज गण्डकीसहित तीन प्रदेशमा भारी बर्षाको सम्भावना ।

काठमाण्डौँ, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले हाल देशभरको मौसम साधारणतया देखि पूर्णतया बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बिहानैदेखि वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक– लुम्दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति, देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखालेजनाएको छ ।
गत २४ घण्टा भैरहवामा २१.६, काठमाण्डौँमा १३.६, लुम्लेमा १२.४ र पोखरामा ११.४ मिलि बर्षा मापन भएको महाशाखाले जनाएको छ ।