भरतीय प्रधानमन्त्री मोदी र परराष्ट्रमन्त्री राणाबिच भेटवार्ता
काठमाण्डौँ, भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा (देउवा)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी छिन् ।
परराष्ट्रमन्त्री आरजु राणा (देउवा)ले सोमबार साँझ हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी हुन् ।
भेटवार्तामा नेपाल–भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भएको बताइएको छ ।
नेपालको परराष्ट्रमन्त्रीका रूपमा आफ्नो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबिचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा गरेको मन्त्री राणले उल्लेख गरेकी छिन् ।
त्यस्तै, भारतीय प्रधानमन्त्री मोदीले नेपालका परराष्ट्रमन्त्री राणालाई स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन् । परराष्ट्रमन्त्री राणासँगको भेटलगत्तै प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत मन्त्री राणालाई स्वागत गर्न पाउँदा खुसी लागेको बताएका हुन् ।
प्रधामन्त्री मोदीले भारत र नेपालबीच घनिष्ठ सभ्यताको सम्बन्ध प्रगतिशील र बहुआयामिक साझेदारी रहेको बताउँदै दुई देशबीचको विकास साझेदारीमा भारत निरन्तरताका लागि तत्पर रहेको बताएका छन् ।
भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा नयाँ दिल्ली पुगेकी राणा मन्त्री भएपछिको यो पहिलो विदेश भ्रमण हो ।
-
१
तमू सञ्चारकर्मी संघद्वारा देशसञ्चारका फोटो पत्रकार बर्षा शाह सम्मानीत ।
-
२
आज सातै प्रदेशमा वर्षाको सम्भावना, काठमाण्डौँमा साँझपख न्यून बर्षाको सम्भावना ।
-
३
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन ।
-
४
आजदेखि नेपालमा हिउँदे वर्षा सुरु हुँदै, काठमाण्डौँ र पोखरामा पनि छिटपुट वर्षाको सम्भावना ।
प्रतिक्रिया दिनुहोस्