२०८१ माघ २

भरतीय वायुसेनाको विमानमार्फत लगियो २५ जनाको शव, भारतकी राज्यमन्त्री खड्से पनि भारत फर्कीए ।

काठमाण्डौँ, तनहुँको आबुखैरेनीमा भएको भारतीय यात्रु सवार बस दुर्घटनाका मृतकको शव भारतीय वायु सेनाको हवाई जहाज मार्फत भारत लगिएको छ ।
शुक्रबार पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस आबुखैरेनीमा सडकबाट मर्स्याङ्दी नदीमा खसेर मृत्यु भएका २७ मध्ये २५ जना भारतीयको शव भारतीय वायुसेनाको जहाजमार्फत लगिएको हो ।
चितवनस्थित भरतपुर विमानस्थल आइपुगेको भारतीय वायुसेनाको केसी ३८१० कलसाएन भएको विमानले २५ वटा शव भारत लगेको हो । चालक र सहचालक उत्तर प्रदेश गोरखपुर घर भएकाले शव बहानमार्फत पठाइएको छ ।


भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से समेत यही विमानमार्फत भारत फर्किएकी छिन् ।
पोखराबाट काठमाण्डौँ आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको आबुखैरेनीमा भएको बस दुघर्टनामा परी २७ भारतीयको मृत्यु भएको थियो । ४३ जना सवार बसमा दुर्घटनामा घाइते १६ जनाको काठमाण्डौँ त्रि.वि.शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
बसमा यात्रु ४१ र चालक तथा सहचालक एकएक गरी ४३ जना सवार थिए ।