२०८१ भाद्र ३०

पारा  ओलम्पिकमा पलेशालाई ऐतिहासिक काश्य पदक, पदक जित्ने पहिलो नेपाली .

काठमाण्डौँ, फ्रान्समा जारी पारा ओलम्पिकमा पलेशा गोवर्धनले नेपाली खेलकुद इतिहासकै सर्वाधिक उच्च सफलता हासिल गरेकी छन् । पलेशाले कीर्तिमानी रूपमा नेपाललाई ऐतिहासिक काश्य पदक दिलाएकी हुन् ।
के–४४ क्याटगोरी अन्तर्गत महिला ५७ केजीमुनि तौल समूह शुक्रबार राति भएको खेलमा पलेशाले कीर्तिमानी रूपमा नेपाललाई काश्य दिलाएकी हुन् । उनी समग्र ओलम्पिक इतिहासमा पदक जित्ने पहिलो नेपाली बनिन् ।
कास्य पदकका लागि भएको रिपाचेजमा पलेशाले सर्बियाकी मारिजा मिकेभलाई १५–८ ले हराउँदै नेपाललाई ऐतिहासिक पदक दिलाइन् । यसअघि पलेशाले पेरिस पारालिम्पिक्स अन्तर्गत रिपाचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभरजानलाई २–१ को स्कोरमा पराजित गरेकी थिइन्।
सेमिफाइनलमा पलेशा विश्व नम्बर एक खेलाडी ब्राजिलियन सिल्भाना मायारा कार्डोस फरनान्डेजसँग कडा स्पर्धामा १०–८ ले पराजित भएकी थिइन्। त्यसअघि उनले आफ्नो पहिलो खेलमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० को फराकिलो अन्तरमा पराजित गरेकी थिइन्।