२०८१ भाद्र ३०

मनाङमा भूकम्पको धक्का, थप विवरण आउन बाँकी ।

काठमाण्डौँ, मनाङमा आज बिहान भूकम्प गएको छ ।
बिहान ३ः४७ बजे मनाङको थोचे आसपास केन्द्रविन्दू भएर   ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पबाट के कस्ता क्षती भयो भन्नेबारे हालसम्म कुनै जानकारी नआएको प्रमुख जिल्ला अधिकारी सुवास कुमार लामिछानेले बताए । प्रजिअ लामिछानेले भौगोलिक विकटताका कारण सबै कुरा तत्कालै जानकारीमा आउन नसक्ने भएकाले कहाँ, के कस्ता छति भयो भन्ने कुरा बिस्तारै जानकारीमा आउने बताए । तर, भएसम्म जिल्लाभरका सबै सुरक्षा निकाय, जनप्रतिनिधिहरुलाई भूकम्पबारे जानकारी सहित सर्तकताका लागि जानकारी गराईएको उनको भनाई छ ।