२०८१ भाद्र ३०

भूकम्पबाट मनाङमा कुनैपनि क्षति भएनः प्रजिअ लामिछाने ।

काठमाण्डौँ, शनिबार बिहान ३ः४७ बजे मनाङको थोचे केन्द्रविन्दू भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरले जनाएको छ ।
भूकम्पबाट क्षतिबारे हालसम्म कुनै जानकारी नआएको मनाङका प्रमुख जिल्ला अधिकारी सुवास कुमार लामिछानेले बताए । प्रजिअ लामिछानेले भौगोलिक विकटताका कारण सूचना आउन ढिलाई हुने भएकाले दिनभर उद्धार र राहतका लागि तत्कालै जनशक्ती परिचालन गर्ने तयारीकासाथ दिनभर बस्दा पनि कही कतैबाट कुनै प्रकारको क्षतिको सूचना प्राप्त नभएको बताए । जिल्लाभरका सबै सुरक्षा निकाय, जनप्रतिनिधिहरुलाई भूकम्पबारे जानकारी सहित सर्तकताका लागि जानकारी गराईएको थियो तर केन्द्रबिन्दु भएको स्थानबाट पनि हालसम्म भौतिक र मानविय क्षतीको जानकारी नआएको प्रजिअ लामिछानेले बताए ।