२०८१ आश्विन २

भेलीदेखि नेपाली र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास हुने ।

काठमाण्डौँ, भोली (आइतबार)देखि नेपाली र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास ‘प्यासिफिक एन्जल’ हुने भएको छ ।
विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदनप्रदान गर्ने उद्देश्यले ३० भदौदेखि २ असोजसम्म संयुक्त अभ्यास हुन लागेको चौथो संस्करण भएको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले बताए ।
अभ्यासका क्रममा विभिन्न प्रकारका विपद्को दौरान सञ्चालन गरिने खोज तथा उद्दार कार्यलाई थप प्रभावकारी बनाउन अपनाउनु पर्ने विद्यमान विधि तथा प्रक्रियाहरुबारे ज्ञान आदनप्रदान हुने प्रवक्ता केसीले बताए । अभ्यास ‘काठमाडौं, मकवानपुर र धादिङ जिल्लामा सञ्चालन हुनेछन् ।’