२०८१ आश्विन ३

करिब एक हजार कैदीको बाँकी सजाय माफी रोकियो, भोलि नछुट्ने ।

काठमाण्डौँ, संविधान दिवसको दिन बिहीबार कैद छुट पाएका कोहीपनि नछुट्ने भएका छन् ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले संविधान दिवसमा कोहीपनि नछुट्ने बताए । उनले गृहकार्य नपुगेका कारण रोकिएको बताए ।
‘वर्षमा चारपटक माफी दिने भन्ने हो, संविधान दिवसमा दिनैपर्छ भन्ने होइन । दशैँमा पनि दिन सकिन्छ’, सहसचिव भट्टराईले बताए । यसअघि सरकारले गत गणतन्त्र दिवसका अवसरमा पनि कसैलाई पनि बाँकी सजाय माफी गरेर छाडेको थिएन ।
त्यसपछि ६ सय २० जनाको सूची निकालेर उजुरी भए आह्वान गरिएको थियो। उनिहरुलाई कसैलाई पनि छाडिएको छैन । दुई साताअघि थप ४ सय ९२ जनाको सूची निकालेर उजुरी आह्वान गरिएको थियो ।
कारागार व्यवस्थापन विभाग प्रमुख भट्टराईले जनस्तरबाट विवाद आउन नदिन गृहकार्य भएकाले समय लागेको बताए ।
रिगल कान्डपछि सरकारले ज्यान मुद्धाका कैदीलाई पीडितका आफन्तको सहमति लिएर मात्र छाड्न लागेको छ । यसरी सहमती लिएर दुईपटक सूची निकालिएपनि सरकारले दोस्रोपटक विशेष अवसरमा कैद सजाय छुट दिन रोकिएको हो ।