२०८१ आश्विन ४

सरकारको सुपथ मूल्य पसल देशभर सञ्चालन ।

काठमाण्डौँ, सरकारले दसैँ, तिहार, छठलगायत चाडपर्व लक्षित सुपथ मूल्य पसल देशभर सञ्चालन गरेको छ ।
सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ तथा दुग्ध विकास संस्थानले बिहीबारदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गरेको हो । सुपथ मूल्य पसलको खाद्य व्यवस्था तथा व्यापार कम्पनी काठमाडौंमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरे ।
मन्त्री भण्डारीले अत्यावश्यक वस्तुहरुमा न्यूनतम पाँच रुपैया छुट दिएर सुपथ मूल्य पसल सञ्चालमा ल्याइएको बताए । चाडपर्वका बेला अत्यावश्यक वस्तुको सहज उपलव्धता र सहुलियत दिने सरकारको सय दिन भित्रको महत्वपूर्ण कार्यक्रमलाई निरन्तरता दिने उनले बताए ।
चाडबाडको समय बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । उपत्यका लगिाएत देशभरका बिभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।
सुपथ मूल्य पसलबाट चामल, दालमा ५ रुपैया, तेल गेडागुडी, पिठो, मैदा, चिउरा चिनी क्वाटीमा रु ७ रुपैया, डि.डि.सी. घ्यूमा प्रतिकेजी १० रुपैयाँ छुट दिइएको छ । कम्पनीले आगामी माघ २ गतेसम्म ४२ जिल्लाका ६३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएको छ ।