२०८१ माघ २३

आज कोसी, वाग्मती र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम बर्षाको सम्भावना ।

काठमाण्डौँ, हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोसी, वाग्मती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोसी, वाग्मती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोसी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै भैरहवामा १९४.२, काठमाण्डौँमा १९४.०, धरानमा १७७.६,धनकुट्टामा १७३.० बर्ष मापन भएको छ भने सबैभन्दा कम डडेलधुरामा ०.५ मिलिलिटर बर्षा मापन भएको विभागले जनाएको छ ।