विश्वको १४औँ अग्लो हिमालको चुचुरोमा नेपाली झन्डा, विश्व रेकर्ड बनाउन सफल नेपाली आरोही ।
काठमाण्डौँ, नेपाली शेर्पा आरोही र आरोही गाइडहरूले चीनको तिब्बतमा रहेको विश्वको १४औँ अग्लो हिमाल सिशापाङ्माको चुचुरोमा नेपाली झन्डा फहराउँदै विश्व रेकर्ड कायम गर्दै सफल भएका छन् ।
अन्तर्राष्ट्रिय पर्वतारोही पथ प्रदर्शक दावा याङ्जुम शेर्पा सहितको टोलीले चुचुरोमा पुगेर नेपाली झण्डा फहराउँदै विश्व रेकर्ड बनाएका हुन ।
त्यसैगरी, टोलीमा संलग्न मिङमा ग्याल्जे शेर्पा र निर्मल पुर्जाले विना अक्सिजन आठ हजार मिटर माथिका १४ वटै हिमाल आरोहण गरी नयाँ विश्व रेकर्ड बनाउनु भएको छ । यता आरोही गाइड पासाङ तेन्डी शेर्पा, दावा ग्याल्जे शेर्पा, पासाङ नुर्वु शेर्पा, मिङतेम्वा शेर्पा, निमा रिञ्जी शेर्पा र तेजन गुरुङले आठ हजार मिटर भन्दा अग्ला १४ वटै हिमाल आरोहण गरेका छन् । विदेशी आरोहीहरुलाई पछि पारेर पहिलो नेपाली महिलाको कीर्तिमान बनाउँदा एकदमै खुसी छु”, पर्वतारोही दावा याङ्जुम शेर्पाले भने ।
“चीन, रसिया, ताइवान, अमेरिका, बेलायतलगायतका धेरै आरोहीसँग प्रतिस्पर्धा गरेर महिला आरोहीले उनीहरूभन्दा चाँडो आफ्नो मुलुकको झन्डा फहराउन पाउँदा छुट्टै खुसी र गौरवको अनुभूति हुँदो रहेछ ।”
शेर्पाले आफ्नै प्रयासमा उक्त इतिहास रचेका हुन । युरोप अमेरिकामा भन्दा सिशापाङ्मा आरोहण गरेर नेपालको झन्डा फहराउन पाउँदा बढी भावनात्मक भइँदो रहेछ उनले भने ।”
शेर्पाको अनवरत प्रयासले सिशापाङ्माको शिखर मात्रै पुर्याएन । एक पटक विश्वभरको ध्यान उहाँतर्फ केन्द्रित भएको छ । करिब २० दिनको अथक संघर्षमय शिखर आरोहणले दावा याङ्जुम सिशापाङमाको सफल आरोहण गरेर विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला बनेका छन् ।
दोलखाको रोल्वालिङकी ३३ वर्षीया दावाले यही असोज १६ गते बुधवार बिहान ५ बजे तिब्बतस्थित विश्वको १४ औँ अग्लो (८०२७ मिटर) अग्लो सिसपाङ्मा हिमालको सफल आरोहण गरेर यो कीर्तिमान बनाएका हुन ।
सर्वोच्च शिखर सगरमाथाको चार पटक सफल आरोहण गरिसक्नुभएकी दावाले नयाँ कीर्तिमान कायम गर्नुभएको हो । आरोही शेर्पाले अब पनि ‘क्लाइम्बिङ गाइड’लाई नै निरन्तरता दिने बताए । भविष्यमा आफ्नो कामलाई अझ प्रभावकारी बनाउने योजना उनको छ ।
दावा याङ्जुम पछिल्लो समय पछाडि परेका महिलाहरूलाई पर्वतारोहण क्षेत्रमा तालिम दिलाउने, जलवायु परिवर्तनको असरले पुर्याएको क्षतिबारे विश्वभर नेपालको पक्षमा आवाज उठाउने लगायतका अभियानमा संलग्न रहंदै आएका छन् ।
-
१
तमू सञ्चारकर्मी संघद्वारा देशसञ्चारका फोटो पत्रकार बर्षा शाह सम्मानीत ।
-
२
आज सातै प्रदेशमा वर्षाको सम्भावना, काठमाण्डौँमा साँझपख न्यून बर्षाको सम्भावना ।
-
३
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन ।
-
४
आजदेखि नेपालमा हिउँदे वर्षा सुरु हुँदै, काठमाण्डौँ र पोखरामा पनि छिटपुट वर्षाको सम्भावना ।
प्रतिक्रिया दिनुहोस्