मनाङमा दोस्रो पालिका स्तरीय पुरुष रनिङ कप तथा महिला फुटबल प्रतियोगिता हुने ।
चामे, २०८१ साल कार्तिक २४ गते देखि २६ गतेसम्म दोस्रो गाउँपालिका स्तरीय पुरुष रनिङ कप र महिला फुटबल प्रतियोगिता हुने एन्फा मनाङले जनाएको छ ।
“हिमालको काखमा खेल , चार गाउँ पालिकाको मेल” भन्ने नाराका साथ पालिका स्तरीय रनिङ कप पुरूष र महिला फुटबल प्रतियोगिता विशेष कारणवश यही २०८१ साल कार्तिक २४ गते देखि २६ गते सम्म संचालन हुने एन्फा मनाङका अध्यक्ष यज्ञ घलेले बताए ।
प्रतियोगितामा मनाङ जिल्लाका चार गाउँपालिका नासोंङ, चामे, निस्याङ र नार्पाभूमी रहने छ । प्रतियोगितामा पुरुष तर्फ पहिलो हुने समूहलाई नगद २,००००० रुपैयाँ, ट्रफी, स्वर्ण पदक र प्रमाणपत्र, दोस्रो हुने समूहलाई नगद १,००००० रुपैयाँ र ट्रफी, रजत पदक र प्रमाणपत्र महिला समूह तर्फ पहिलो हुने समूहलाई नगद ५०,००० रुपैयाँ र ट्रफी, स्वर्णपदक र प्रमाणपत्र दोस्रो हुने समूहलाई नगद २५,००० रुपैयाँ, ट्रफी र रजत पदक र प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरी, प्रतियोगिताभर अनुशासित भई खेल प्रर्दशन गर्ने समुहलाई नगद १० हजार रुपैयाँ, पदक र प्रमाणपत्र प्रदान गरिने एन्फाअध्यक्ष घलेले बताए ।
प्रतियोगिताका सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोल कतालाई नगद ५,००० रुपौयाँ, पदक र प्रमाणपत्र सहित सम्मान गरिने पनि अध्यक्ष घलेले बताए ।
तिमाङ खेल मैदानमा हुने पालिका स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगोगितामा सहभागी, सहयोगी संघ–संघसंस्था, दाता, सबैलाई उपस्थितीका लागि एन्फा मनाङले हार्दिक अनुरोध पनि गरेको छ ।
-
१
तमू सञ्चारकर्मी संघद्वारा देशसञ्चारका फोटो पत्रकार बर्षा शाह सम्मानीत ।
-
२
आज सातै प्रदेशमा वर्षाको सम्भावना, काठमाण्डौँमा साँझपख न्यून बर्षाको सम्भावना ।
-
३
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन ।
-
४
आजदेखि नेपालमा हिउँदे वर्षा सुरु हुँदै, काठमाण्डौँ र पोखरामा पनि छिटपुट वर्षाको सम्भावना ।
प्रतिक्रिया दिनुहोस्