चामे–खाङसार सडकका विषयमा सरोकारवालाहरु विच छलफल, जोखिम स्थानलाई प्राथमिकतामा राख्न सांसद गुरुङको निर्देशन ।
मनाङ, हिमाली जिल्ला मनाङको सडक स्तरोन्नतीका विषयमा सरोकारवालाहरु विच गहन छलफल भएको छ ।
मनाङबाट निर्वाचित प्रतिनिधी सभा सदस्य मा.टेकबहादर गुरुङले स्थानिय तहका जनप्रतिनिधीसहित सडक बिभाग र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, र पूर्वाधार विकास कार्यालय मनाङका प्रतिनिधीहरुसँग छलफल गरेका छन् ।
जिल्ला भ्रमणका क्रममा सांसद गुरुङले ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले, उपाध्यक्ष छिरिङ गुरुङ, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कमल कुमार अधिकारी, निर्देशक राम पराजुली, सडक डिभिजन कार्यालय दमौलीका अमित बराल, पूर्वाधार विकास कार्यालय मनाङका प्रमूख हरी थापा लगायतसँग चामे–खाङसार सडकको स्थलगत निरीक्षण पछि स्तरोन्नतीका विषयमा गहन छलफल गरेका हुन् ।
विशेषगरी मनाङको सदरमुकाम चामे देखि माथिल्लो मनाङ हुँदै खाङसारसम्मको सडक स्तरोन्नतीका विषयमा छलफल भएको हो । चामे र ङिस्याङ गाउँपालिकाको सिमाना तलेखु देखि खाङसार सम्मको सडक स्तरोन्नतीका लागि चालु आर्थिक वर्षमा संघीय सरकार र प्रदेश सरकारबाट विनियोजित बजेटलाई प्रभावकारी कार्यन्वयन गर्नुपर्ने विषयमा छलफल केन्द्रित भएको थियो ।
तलेखुदेखि खाङसारसम्म चालु आर्थिक वर्षमा संघीय सरकार र प्रदेश सरकारबाट बजेट बिनियोजन भएको भन्दै सो बजेटलाई डुव्लीकेसन नहुनेगरी काम गर्न प्रतिनिधी सभा सदस्य गुरुङले आग्रह गरे ।
विनियोजित बजेट अनुसार चामेदेखि खाङसारसम्मको लम्वाई धेरै छ, विनियोजित बजेटले सवै काम एकैचोटी सम्भव छैन ।’ सांसद गुरुङले भने ‘जति बजेट विनियोजन भएको छ सो रकमबाट जोखिम पूर्ण स्थानलाई प्राथमिकतामा राखी प्रभावकारी कार्यान्वयन गर्नुपर्छ ।’
मनाङको चामे देखि खाङसार सम्मको सडकमा विभिन्न स्थानमा हाल पक्की सडक निर्माण भईरहेको भएपनि भार्ताङ देखि स्वर्गाद्धारीसम्मको सडक अझै जोखिमपूर्ण भएकाले उक्त जोखिमपूर्ण सडकलाई प्राथमिकतामा राखेर काम गर्न सांसद गुरुङले निर्देशन समेत दिए ।
भार्ताङ भिर नजिकै रहेको घुम्ती र भिरालो सडकमा अहिलेपनि धेरै सवारी साधनलाई समस्या हुने गरेको भन्दै उक्त सडकलाई छिटो भन्दा छिटो मर्मत गर्नुपर्ने अवस्था आएको मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले बताए । जिल्लामा सडक निर्माणका लागि बजेट आउने गरेपनि स्थानिय तह र जनप्रतिनिधीहरुसँग समन्वय नगर्दा सजिलो ठाउँमा मात्रै काम हुँदै आएको भन्दै जनताको सहजताको लागि जोखिम ठाउँलाई प्राथमिकतामा राख्नुपर्ने अध्यक्ष घलेको भनाई थियो ।
मनाङ सडकका लागि प्रदेश सरकार र संघीय सरकारबाट विनियोजित बजेटलाई छुट्टाछुट्टै स्थानमा योजना बनाई काम गर्दा स्थानिय नागरिकर्लाइ सहज हुने छलफलका सहभागीहरुले बताएका थिए । नागरिकको सहजताको निम्ती कोहि कसैमा कुनै स्वार्थ नहुने भन्दै प्रतिनिधी सभा सदस्य गुरुङले संघ र प्रदेशबाट विनियोजन बजेट तथा योजनालाई प्रभावकारी कार्यन्वयन गर्न स्थानिय सरकारले सहयोग गर्नुपर्ने र त्यसका लागि सहजिकरण गर्न स्थानिय तहका जनप्रतिनिधीहरुलाई आग्रहसमेत गरे ।
छलफलसँगै टोलिले भार्ताङ भिरको जोखिमपूर्ण सडक र त्यस भन्दा माथिका सडकको अवस्थाको बारेमा स्थलगत अनुगमन समेत गरेको थियो । मनाङको विकास निर्माणमा सडकनै मुख्य समस्या भएको भन्दै सडक व्यवस्थीत बनाउन आँफु लागी परेको सांसद गुरुङले बताए । सडक सहज भएमा मनाङमा विकासका अन्य ढोका खुल्नुका साथै स्थानिय नागरिक र मनाङ प्रवेश गर्ने हजारौँ पर्यटकलाई पनि सहज हुने सांसद गुरुङको भनाई थियो ।
-
१
तमू सञ्चारकर्मी संघद्वारा देशसञ्चारका फोटो पत्रकार बर्षा शाह सम्मानीत ।
-
२
आज सातै प्रदेशमा वर्षाको सम्भावना, काठमाण्डौँमा साँझपख न्यून बर्षाको सम्भावना ।
-
३
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन ।
-
४
आजदेखि नेपालमा हिउँदे वर्षा सुरु हुँदै, काठमाण्डौँ र पोखरामा पनि छिटपुट वर्षाको सम्भावना ।
प्रतिक्रिया दिनुहोस्