२०८१ पुष ११

सांसद टेकबहादुर गुरुङ धारापानीमा, बेसीशहर चामे सडक स्तरउन्नतीका लागि स्थानीयसँग सहमती गर्दै ।

धारापानी, प्रतिनिधिसभा सदस्य माननीय टेकबहादुर गुरुङले बेसीशहर–चामे सडक स्तरउन्नतीका लागि नासोङ गाउँपालीको विभिन्न क्षेत्रका स्थानीय सरोकारवाला पक्षसंग छलफल गरेका छन् ।
गृहजिल्लाको भ्रमणमा रहेका माननीय गुरुङले सोमबार मनाङअस्र्याङदी हाइड्रो पावर कम्पनीका आयोजना प्रमुख जोभ फि, प्रतिकमान सिंह, एनएचडब्लुसीका दाङयाङ, निमाण कम्पनीका म्यानेजर लि याङ धारापानी क्षेत्रका जनप्रतिनिधि, स्थानीयवासीसंग छलफल गरी सो क्षेत्रमा ६ मिटरको सडक निमार्ण गर्ने सहमती गरेका छन् ।
त्यसैगरी, खात्रोदेखि नाचैसममको निमार्णधीन मोटर बाटोको पनि निरीक्षणका साथै सरोकारवाला पक्षसंग छलफल गरी निधारीत समयमै सडक निमार्ण कार्य सम्पन्न गर्न निर्देशन दिएका छन् । त्यसैगरी, बगरछापबाट घल्यानचोक सम्मको मोटोर बाटोको पनि स्थलगत निरीक्षण गरी विकासनिमार्णलाई मापदण्ड अनुसार र निधारीत समयमै सम्पन्न गर्न निर्देशन दिए ।


सांसद गुरुङले धारापानीबाट भिमथाङसम्मको निमार्णधीन मोटरबाटोको सम्बन्धमा स्थानीयवासी, सडक डिभिजन कार्यालय, लमजुङको टोली र जनप्रतिनिधिसँग छलफल गरी जतिसक्दो चाँडा मोटरबाटोको निमार्ण सम्पन्न गर्नेमा आपूm लागी परेको बताए । त्यसैगरी लामो समयदेखि निमार्ण हुन नसकेको दुधखोलाको पूल निमार्णप्रति दुख ब्यक्तगर्दै चाँडै सरकार र निमार्ण कम्पनीको प्रतिनिधिसंग केरा गर्ने बताए ।
धरापानी, ताल, बगरछाप क्षेत्रको विकास निमार्ण सम्बन्धी कार्यको निरीक्षण र निर्देशनपछि धारापानीमा भएको जिल्लाका अगुवा नेता तथा कार्यकता भेलालाई सम्बोधन गर्दै सांसद एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुङले विकास निमार्णका सम्बन्धमा संधै चनाखो भई पहरेदारी भूमिका निर्वाह गर्न निर्देशन दिए ।


उनले मनाङमा ६०० सय मध्ये १३५ मेघावाटको मनाङ मस्र्याङदी जलविद्युत योजनाको निमार्ण कार्य शुरु भएको र अन्य आयोजनाहरु पनि शुरु हुने बताए । आयोजना निमार्णसंगै निमार्ण पक्षले लमजुङको खुदीदेखि कोतोसम्म ५० किमी सडकको स्तरउन्नती र साँघुरो स्थानहरुमा विस्तारको काम शुरु गरी सकेको जानकारी दिंए । जस्का लागी आपूmले स्थानीय जनप्रतिनिधि, निमार्ण कम्पनी संग सहमती गरी सकेको बताउदैं अब मनाङ आउने आन्तरी तथा बाह्य पर्यटकका साथै स्थानीले विगतको जस्तो जोखिमपूर्ण यात्रा गर्न नपर्ने बताउंदै मनाङमा विकासको ढोका खुलेको दाबी गरे ।
मनाङ मस्र्याङदी जलविद्युत योजनाको निमार्ण कार्यसंगै हजारौं स्थानीयवासीले रोजगारी पाउने, विभिन्न क्षेत्रमा मनाङवासीले सहयोग प्राप्त गर्ने भएकाले आयोजना निमार्णमा कुनै प्रकारको अवरोध नपुर्याउन र निमार्ण कम्पनीलाई सक्दो सहयोग गर्न निर्देशन समेत दिए ।