२०८१ माघ ९

गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात, काठमाण्डौँको तापक्रम बडदो

काठमाण्डौँ, पश्चिमी वायुको कारण गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भ–ूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बुधबार काठमाण्डौँमा मंगलबारको तुलनामा तापक्रम केही बढी छ ।आज (बुधबार) बिहान पौने ६ बजेको तापक्रम ५.१ डिग्री सेल्सियस  छ । हिजो यही समय काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस थियो ।
“काठमाडौंमा आज मौसम सफा रहनेछ । देशका कुनै पनि ठाउँमा वर्षाको सम्भावना छैन,” तराईका केही स्थान तथा उपत्यका र पहाडी भू–भागमा बिहान हुस्सु र कुहिरो लागेको विभागले जनाएको छ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राती गण्डकी र कोशी प्रदेशको पहाडी र हिमाली क्षेत्र बाहेका सबै क्षेत्रको मौसम सफा रहने विभागले जनाएको छ ।
हुस्सु, कुइरो र हिमपात र चिसोका कारण दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।